केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष नुर्बुविरुद्ध मुद्दा नचलाउने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५, मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको छ ।

घलेको संलग्नता पुष्टि हुने आधारहरू नदेखिएपछि मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले पुष्टि गरे ।

उच्च सरकारी वकिलको कार्यालयले अहिले घलेको मिसिल अध्ययन गरिरहेको छ । घलेलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले २८ चैैतमा पक्राउ गरेको थियो ।

ब्यूरोका प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार, घलेसहितका व्यक्तिहरूले कुवेतमा पठाइदिने भनेर नेपाली महिलालाई श्रीलंकाको कोलम्बोमा पुर्‍याएर बन्धक बनाएका थिए ।

ब्यूरोका एसपी गौतम मिश्रका अनुसार, अनुसन्धानपछि प्रहरीले घले र शाहको संलग्नता पुष्टि हुने भन्दै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको कसुरमा मुद्दा चलाउन राय लेखेर पठाएको थियो ।

तर पीडित भनिएकी महिलाले ३ वैशाखमा हुलाकमार्फत दिएको निवेदनका आधारमा घलेविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय लिएको पाइएको छ ।
पीडित भनिएकी महिलाले ३ वैशाखमा हुलाकमार्फत दिएको निवेदनका आधारमा घलेविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय लिएको पाइएको छ ।
त्यतिबेला सविन भिसा प्रक्रिया पूरा गर्न र केटीहरूलाई लैजान त्यसघरमा आइरहने गरेको भनिएको छ ।

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्