केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागमतीका मुख्यमन्त्रीलाई उपचारका लागी हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई उपचारका लागी हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको हो ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

 

 

 

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्