केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र बाघ मृत

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५, चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत भेटिएका छन् ।

निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारी अनुसार निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्।

गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले दावी गरे ।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले भिमपुरमा मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ। चालु आर्थिक बर्षमा २१ गैंडा र ६ बाघ मृत भेटिएका छन् ।

 

 

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्