केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रूसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन सांसद पौडेलको माग 

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २५, नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रूसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।

संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रूसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई फिर्ता ल्याउन माग गरेका हुन् ।

‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ताको खबरहरु आइरहेका छन्’ उनले भने, ‘यस्तो गम्भीर अवस्थामा सरकारले आफ्नो नागरिक फिर्ता ल्याउँन प्रभावकारी कदम चाल्न जरुरी छ ।’

उनले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि सरकारसँग यकिन तथ्याङ्क नहुनुले कूटनीतिक पहलमा कमजोरी देखिएको समेत बताए ।

पौडेलले परराष्ट्र मन्त्रालयलाई समितिमा बोलाई गम्भीर पहल गर्न र घाइते तथा मृतकका परिवारलाई सहयोग गर्न निर्देशन दिन सुझाव दिए ।

प्रतिनिधिसभाबाट समेत यस विषयमा पटक–पटक कुरा उठिरहेको भए पनि सरकार गम्भीर नभएकाले समितिबाट निर्देशन दिनुपर्ने बताएका हुन् ।

 

 

प्रकाशित : 7 May, 2024

प्रतिक्रिया दिनुहोस्