केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनै लोभ्याउने जाकारान्डा फूलको बैजनी रङ्ग

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६,  पानि परेर खुलेको आकासमा बैजनी रङ्गको जाकारान्डा फूलले प्रकृति प्रतिको आस्चर्य भाव झल्कीने मन मोहक दृश्यले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकारान्डा फुल यसरी नै ढपक्कै फुलेको देखिन्छ ।  चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकारान्डा फूलले त्यहाँ जानेलाई लोभ्याउने गरेको छ ।

अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटोरभिडियो खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकारान्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।

महानगरपालिकाले चक्रपथ छेउमा जाकारान्डा फूलका बिरुवा रोपेको छ । तीमध्ये केही फुल्न शुरु गरेका छन् भने केही भर्खर हुर्कँदैछन् ।

अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न ठाउँमा जाकारान्डा फुलेका देख्न सकिन्छ भने काठमाण्डौ उपत्यकाका अरू विभिन्न ठाउँमा पनि जाकारान्डा फुलेर मनमोहक देखिएको छ ।

 

प्रकाशित : 8 May, 2024

प्रतिक्रिया दिनुहोस्