केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई तोकिएको छ। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

अधिकारीले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको थियो । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो । सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्