केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँकेमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्धारा गोली प्रहार

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७,  बाँकेमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्धारा गोली प्रहार भएको छ ।

प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

त्यसैगरी सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

 

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्