केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तनहुँमा चलचित्र निर्माण कार्यशाला

सहयात्रा टिभी

डुम्रे । वैशाख २७, जिल्लाको भिमाद नगरपालिका–२, रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो । कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवद्र्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताए ।

पाँचदिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियो भने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी भएका थिए । पच्चीस सहभागीमध्येबाट छनोट भएका छवटा कथा समेटेर रघुगाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो ।

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्