केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जलेश्वरका मेयर सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । वैशाख २७, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।

भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी रहेका छन् ।

 

 

 

प्रकाशित : 9 May, 2024

प्रतिक्रिया दिनुहोस्