केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको वर्षे अधिवेशन अगाडि संसदीय दलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको छ । कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै ल्होत्से हलमा एमालेको बैठक सुरु हुने छ ।

बैठकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षित गर्नेछन् । संसदको वर्षे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे सुरु हुँदैछ ।

प्रकाशित : 10 May, 2024

प्रतिक्रिया दिनुहोस्