केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

 

आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए ।

संसद्‌मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्छ ।’

 

प्रकाशित : 10 May, 2024

प्रतिक्रिया दिनुहोस्