एकैदिन सुनको मुल्यमा २३ सयले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख २८, एकैदिन सुनको भाउ तोलामा २३ सयले बढेको छ ।
शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १६ सय ८५ रुपैयाँ रहेको चाँदी आज १७ सय ३५ रुपैयाँ पुगेको छ ।