केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जागिर लगाइदिने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा एक प्रक्राउ

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनी कास्कीको पोखरा महानगरपालिका ५ का स्थायी बासिन्दा हुन् । उनले मासिक १४५० डलर तलबको प्रलोभन देखाएर १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका थिए ।

उनले विभिन्न व्यक्तिबाट सुरुमा ५० हजार लिएका थिए । त्यसपछि दिल्ली पुर्‍याएर प्रतिव्यक्ति ३ लाखका दरले पैसा उठाएर फरार भएका थिए ।

श्रेष्ठले श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलको खातामा रकम जम्मा गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्