सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा भेटवार्ता भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

शीर्ष दलहरूबीच बैठक सञ्चालनका विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । बैठक सञ्चालन र नीति तथा कार्यक्रमको तयारीबारे सोमबार सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको थियो ।

 

 

 

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्