२४ अंकको वृद्धिपछि नेप्से १९९८ अंकमा कायम

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंकको वृद्धिपछि १९९८ अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४० करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने ११ को स्थिर रह्यो ।

सोमबार नै अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका छन् । जसले गर्दा पनि बजार बढ्नमा टेवा पुग्यो ।

यस दिन बजारलाई बैंकिङ समूहले नै बढाएको छ । बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह २ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्