क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

सहयात्रा टिभी

काठमाडौं । जेठ १, बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो । पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो ।

यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्