मुम्बईमा होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगे

सहयात्रा टिभी

काठमाडौं । जेठ १, भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ ।

१५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ ।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । त्यहाँ उद्धारको काम भैरहेको छ ।

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्