केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनलाइनबाटै सर्वोच्च अदालतमा रिट दर्ता गर्न पाउने

सहयात्रा टिभी

काठमाडौं । जेठ १, सर्वोच्च अदालतले मंगलबारदेखि अनलाइनबाटै रिट निवेदन दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

कानुन व्यवसायी र सरोकारवालालाई अदालतमै गएर निवेदन दर्ता गर्नुपर्ने यसअघिको व्यवस्था परिमार्जन गरी सर्वोच्चले अनलाइन माध्यमबाटै पनि निवेदन दर्ता गर्ने सुविधा दिन लागेको हो ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । प्रवक्ता उप्रेतीका अनुसार यो व्यवस्थाले काठमाडौं बाहिरका सेवाग्राहीलाई सहज हुनेछ ।

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्