सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ १, सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् ।

उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको खबर आएको उनले जानकारी दिए । उनीहरूको खोजी प्रयास भइरहेको उनले बताए ।

अहिले सगरमाथा सहित हिमालमा आरोहण चलिरहेको छ । यो क्रम आगामी १५ दिनसम्म जारी रहने उनले बताए ।

 

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्