केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखराको प्राइम सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई सूचना जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ १, पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले बचतकर्तालाई सूचना जारी गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको हो ।

सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्रलगायतको परिचय खुल्ने प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो ।

बचतकर्ताको बचत हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिष्टारको कार्यालय, गण्डकीले मंगलबारमात्रै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र आउनेबित्तिकै आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

 

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्