केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयो पुजार सार्कीको तेस्रो गीत ’जाऊँ माया’

सहयात्रा टिभी

काठमाडौं । जेष्ठ २, चलचित्र पुजार सार्कीको तेस्रो गीत जाऊँ माया….को भिडियो मँगलबार रिलिज गरिएको छ । भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुसहित मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने पुजार सार्कीको यो गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम पीडा प्रस्तुत छ । यस्तै मैतबहादुर बनेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम संघर्षलाई पनिगीतमा समेटिएको छ । उनीहरुको अन्तरजातीय प्रेमभावलाई गीतमा देख्न पाईन्छ ।

यो गीतमा बि. पाण्डेले शब्द रचना, केतन क्षेत्रीको स्वर र सुवास भुसालको संगीत रहेको छ । यो चलचित्रको यस अघि ’जाऊँ माया’ र ‘नौ डाँडा काटेर’ गरी दुई गीत रिलिज भईसकेको छ । पुजार सार्कीलाई दिनेश राउतले निर्देशन गरेका छन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रका निर्माता सुवास भुसाल हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ । यसमा अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। जसमा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन छ ।

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्