संसद अवरोध खुलाउनेबारे एमाले संसदीय दलको छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ २, नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ ।

यही माग राखेर कांग्रेसले मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत टेबुल गर्न नदिएको टिप्पणी सत्तापक्षले लगाएको छ ।

 

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्