केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लगातार तेस्रो जितसँगै एपीएफ क्लबले फाइनलमा स्थान बनाए

सहयात्रा टिभी

काठमाडौं । जेठ २, नेपाल एपीएफ क्लबले लगातार तेस्रो जितका साथ ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप प्रतियोगितामा एक खेल अगावै फाइनलमा स्थान बनाएकोछ ।

बुधबार एपीएफले ललितपुर मेयर्स-११ लाई ८ विकेटले हराउँदै फाइनलमा तेस्रो पटक पुगेको हो । ७२ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले ९.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

कप्तान सीता रानामगरले ३८ बलमा ८ चौकासहित सर्वाधिक ५० रन बनाइन् । कप्तान पूजा महतोले २४, सरस्वती जिएमले ३, ज्योत्स्निका मरासिनी २१, सरस्वती कुमारी चौधरी ९, कुसुम गोदार र किरण कुँवरले चार/चार रन बनाइन् ।

एपीएफकी रेखा रावल र सीता रानामगरले एक/एक विकेट लिइन् । एपीएफले अन्तिम खेल अब बिहीबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ ।

यसअघि एपीएफले बागमती प्रदेशलाई ८ विकेट र कोशी प्रदेशलाई २४ रनले हराएको थियो । यसअघिका दुवै संस्करण एपीएफले जितेको थियो ।

 

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्