अपांगता भएका व्यक्तिहरुले पर्यटन बोर्ड अगाडि प्रदर्शन गरे

काठमाडौं । जेठ २, सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ पनि गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७ का दिपक भण्डारी धर्नामा बसेको बेला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिसँग गत चैत १२ गते भएको सहमति अनुसारको सामुदायिक सहायता सेवा सुरुवात नभएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ ।
सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुआत गर्ने सहमति भएको थियो । त्यसको कार्यान्वयनका लागि आवश्यक मापदण्ड र कार्यक्रम बनाउन मन्त्रालयका सहसचिव रामकृष्ण रामकृष्ण लामिछानेको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरिएको थियो ।