केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरमा पार्किङ गरेका गाडी चोरी गरेको आरोपमा एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ २, ललितपुरमा पार्किङ गरेर राखेका गाडीहरु श्रृंखलाबद्ध रुपमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका २९ वर्षीय गणेश बहादुर गौतम छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काभ्रे प्रहरीसँग समन्वय गरेर उनलाई काभ्रेको भुम्लु गाउँपालिका–१० बाट पक्राउ गरेको हो ।

ललितपुरमा पार्किङ गरेर राखेका बा १५ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीहरु श्रृंखलाद्ध रुपमा चोरी भएको थियो ।

जसमध्ये बा १५ च ९८२५ र बा १२ च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा बेवारिसे अवस्थामा दुबै गाडीको ब्याट्र निकालिएको अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका गौतमविरुद्ध चोरीको कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्