केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महामन्त्री थापाको अभिव्यक्ति अमर्यादित भएको ओलीको ठम्याई

सहयात्रा टिभी

काठमाडौं । जेठ २, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २८ वैशाखमा संसदमा दिएको अभिव्यक्ति अमर्यादित  भएको ठम्याएका छन् ।

एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मर्यादित नभएको बताए ।

‘सभामुखलाई के भन्या त्यो ? तपाईंले दिएको निगाहाको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ?’ महामन्त्री थापालाई ओलीको प्रश्न छ, ‘आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमा ?’

उनी भन्छन्, ‘के भन्या कांग्रेसको पनि महामन्त्री जस्तो पद समातेर बस्या मान्छेले ? के बोल्या त्यो ? कि कांग्रेसको कार्यकर्ता भयो भने कुनै पद ओहोदामा केहीमा भएपनि कसैलाई सम्मान गर्न नपर्ने हो ?

२८ चैतमा बसेको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुख अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरुले टेबुल ठोकेर विरोध गरे ।

त्यसपछि सभामुख घिमिरेले महामन्त्री थापालाई बोल्न तीन मिनेट समय दिएका थिए । कांग्रेस सांसदहरुले कम समय दिएको भनेर फ्लोरबाटै विरोध जनाए ।

 

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्