केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से ९.५४ अंकले खुम्चिया

सहयात्रा टिभी

काठमाडौं । जेठ २, बुधबार सेयर बजारको परिसूचक नेप्से ९.५४ अंकले खुम्चियो। अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा खुम्चियो ।

६५ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटे । ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढे ।

 

 

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्