पाल्पामा जिप दुर्घटना : एक बालकसहित २ जनाको मृत्यु, १३ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक बालकसहित २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका भएको दुर्घटनामा मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।

दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् ।

प्रकाशित : 16 May, 2024

प्रतिक्रिया दिनुहोस्