माओवादी केन्द्रले सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ । प्रदेशसभा सदस्य ओमविक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।

बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ ।

 

 

प्रकाशित : 16 May, 2024

प्रतिक्रिया दिनुहोस्