केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५ लाख धरौटीमा छुटे रवि ओड

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, गायक रवि ओड ५ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत कञ्चनपुरको आदेशपछि ओड बिहीबार साँझ ५ लाख धरौटीमा छुटेका हुन् ।

ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा कञ्चनपुर प्रहरीले ओडविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि ओडले प्रहरीमा आत्मसमर्पण गरेका थिए । ओड नेपाल आइडल सिजन–२ का विजेतासमेत हुन् ।

प्रकाशित : 17 May, 2024

प्रतिक्रिया दिनुहोस्