विपक्षी दलहरूले सभामुखलाई सदन चल्न नदिने अडान सुनाए

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, दलहरूका प्रमुख सचेतक, सचेतक र सभामुख देवराज घिमिरेबीचको बैठक सकिएको छ ।

बैठकमा विपक्षी दलहरूले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान सुनाएका छन् । सभामुखसँगको बैठकमा विपक्षी दलका नेताहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका थिए ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोध हुँदै गर्दा बैठक चलाउन मिल्दैन भनेर सभामुखलाई आग्रह गरेको बताए ।

प्रकाशित : 17 May, 2024

प्रतिक्रिया दिनुहोस्