कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बस्ने प्रतिनिधिसभा बैठकका विश्वासको मत लिन लागेकाले सो विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्