अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ: बर्तौला

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोड्नुपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा सोमबार पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको उनले बताएका हुन् ।

बर्तौलाले भने, ‘कांग्रेसले आजको प्रतिनिधि सभा बैठकमा जे गर्‍यो त्यसले यो पार्टी लोकतान्त्रिक होइन भन्ने पुष्टि भएको छ । अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ ।’

आजको शैली र तरिका कांग्रेसका लागि घातक भएको पनि बर्तौलाले बताए । उनले भने, ‘संसदीय मर्यादा विपरीतका गतिविधि कांग्रेसकै लागि घातक हो । यसले कांग्रेसलाई ठूलो घाटा पर्नेछ ।’

 

 

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्