केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युनेस्कोले ‘काठमाडौंलाई दियो ‘फिल्मको रचनात्मक सहर’को प्रमाणपत्र

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (नयाँयुनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को सदस्य काठमाडौं महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरे । उक्त अवसरमा क्रिएटिभ सहरको लोगो समेत सार्वजनिक गरियो ।

सो अवसरमा महानगरले फिल्मका संघसंस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो । सहभागी फिल्ममेकरले कार्यपत्र प्रस्तुत गर्दै सुझाव समेत पेश गरेका थिए ।

सर्टिफिकेट प्रदान गर्दै युनेस्को प्रमुख क्रफ्टले काठमाडौंमा फिल्मको सम्भावना उज्वल रहेको बताए । धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहेपनि फिल्मजस्ता सफ्टपावरमा पनि विकास जरुरी रहेको उनले बताए ।

उपप्रमुख डंगोलले सरोकारवालाको ज्ञान र सीपलाई महानगरले उपयोग गर्ने बताइन् । उनले यी ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय सञ्जालमा समेत प्रस्तुत गर्ने बताइन् ।

 

प्रकाशित : 20 May, 2024

प्रतिक्रिया दिनुहोस्