काठमाडौंको थलीमा पुरुषको शव फेला

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीमा एक पुरुषको शव भेटिएको छ । आज बिहान साढे ५ बजे थली उकालोमा कपडाले मुख छोपेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

शवबाट रगत आइरहेकाले घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । घटनास्थलबाट २ वटा ब्लेड पनि फेला परेकाले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको उनले बताए । उनका अनुसार मृतकका पहिचान खुल्न सकेको छैन ।

 

प्रकाशित : 21 May, 2024

प्रतिक्रिया दिनुहोस्