केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यदलका सदस्यहरुद्धारा छलफल सहमति उन्मुख भएको दाबी

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुले छलफल सहमति उन्मुख भएको दाबी गरेका छन् ।

कार्यदलमा रहेका सत्ता पक्षका सदस्यहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विगतको भन्दा लचक देखिएको भन्दै अर्को बैठकमा टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज बिहान कानुन मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । बैठकपछि कार्यदलका संयोजक एवम् कानुन मन्त्री पदम गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको र छलफल उपलब्धिमूलक बनेको बताएका छन् ।

सहमतिमै कार्यादेश निर्माण गर्न आफूहरु सहमत भएको उनले बताए । कार्यदलका अर्का सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमतिको मध्यविन्दु पहिल्याउने गरी छलफल भएको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता शिशिर खनालले अघिल्लो दिनको तुलनामा आज कांग्रेस लचिलो बनेर प्रस्तुत भएको बताए । उनका अनुसार कांग्रेस सदस्यहरुले सत्ता पक्षको प्रस्ताव ल्याउन भनेका थिए । सो प्रस्तावमा छलफल गरी टुंगो पुग्ने खनालले बताए ।

 

प्रकाशित : 21 May, 2024

प्रतिक्रिया दिनुहोस्