केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नाराबाजीकै बीच राष्ट्रपतिलाई प्रतिनिधिसभाले धन्यवाद प्रस्ताव पारित

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।

त्यस क्रममा विपक्षी दलहरु नाराबाजीमा थिए भने सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए । तर सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।

मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबल गरेका छन् । उनलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् ।

प्रकाशित : 21 May, 2024

प्रतिक्रिया दिनुहोस्