काभ्रेमा पसल सञ्चालक दम्पत्ती मृत भेटिए, हत्या भएको प्रहरीको आशंका

सहयात्रा टिभी

काभ्रे । जेठ ९, काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ मा पसल सञ्चालक दम्पत्ती मृत भेटिएका छन् । महादेवटारका ६० वर्षीय मानबहादुर बल र ५० वर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा घरभित्रै भेटिएका हुन् ।

उनीहरुको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिए । घटनास्थलमा हम्मर पनि भेटिएको छ । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए ।

बल दम्पतीका दुई छोरा र एक छोरी काठमाडौंमा बस्दै आएको वडाध्यक्ष मोक्तानले बताए । घटनापछि इलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले शवको अवस्था हेर्दा हत्या गरेको हुन सक्ने बताएको छ ।

प्रकाशित : 22 May, 2024

प्रतिक्रिया दिनुहोस्