सिरोहियालाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति

सहयात्रा टिभी

काठमाडौ‌ं । जेठ ९, नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।

तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको थियो । उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।

 

 

प्रकाशित : 22 May, 2024

प्रतिक्रिया दिनुहोस्