विनोदकुमार शाहले कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गर्ने

काठमाडौं । जेठ ९, यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता अन्ततस् सोही मन्त्रालय लिएर कर्णाली सरकारमा सहभागी हुने भएका छन् ।
शाहले बुधबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् ।
मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।
तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।