सभामुखबाट बुद्ध जयन्ती र उँभौलीको शुभकामना

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । किराँत समुदालयले मनाउने पर्व उँभौलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुखले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक रहेकाले विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचान भएको उल्लेख गरेका छन् । यस्तै, सभामुख घिमिरेले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन भगवान बुद्धका उपदेशले सबैलाई प्रेरित गर्ने बताएका छन् । आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिननी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित : 23 May, 2024

प्रतिक्रिया दिनुहोस्