लुम्बिनीमा २५६८ औं बुद्धजयन्तीका अवसरमा शान्ति पदयात्रा

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, २५६८ औं बुद्धजयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा शान्ति पदयात्रा भएको छ। लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा शान्ति पदयात्रा आयोजना गरेको हो।

उक्त अवसरमा बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभइ सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो सङ्कल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

बुद्ध जयन्तीमा आयोजित विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी पुगेका छन्।

बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ।

 

प्रकाशित : 23 May, 2024

प्रतिक्रिया दिनुहोस्