सहकारी पीडित बचकर्ताहरूले भोलि देखि फेरि आन्दोलन सुरु गर्ने

काठमाडौं । जेठ १०, सहकारी पीडित बचकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।
सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने जानकारी प्राप्त भएको छ ।
नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने अभियान महासंघले जनाएको छ ।
आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा जानु परेको महासंघले जनाएको छ ।
हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।