सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, सहकारी ठगी छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बनाइएको कार्यदलको बैठक जारी रहेको छ ।

बिहीबार अपराह्न कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ। आजको बैठकमा समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुंगो लगाउने सहमतिको प्रयास हुने बताइएको छ ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् । आजको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका छन् ।

 

 

प्रकाशित : 23 May, 2024

प्रतिक्रिया दिनुहोस्