राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट, संसदको गतिरोधबारे छलफल

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुबै संदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित : 24 May, 2024

प्रतिक्रिया दिनुहोस्