केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुरे संरक्षण आन्दोलनमा वातावरण विज्ञानका विद्यार्थीद्धारा ऐक्यवद्धता

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर माइतीघरमा धर्ना बसिरहेकाको आन्दोलनमा वातावरण विज्ञानका विद्यार्थीद्धारा ऐक्यवद्धता जनाएका छन् ।

माइतीघरमा धर्ना बसिरहेका मधेश चुरे क्षेत्रका विभिन्न जिल्लाका २३ जना बिहीबारदेखि धर्ना सुरु गरेका हुन् ।

चुरे दोहन, अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा मधेशमा विकराल समस्या देखिन थालेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । आफूहरु पनि वातावरण विज्ञानको विद्यार्थी भएको र धर्ना बसेकाहरुको माग पनि जायज भएकाले ऐक्यवद्धता जनाउन आएको शंकर रोकायाले बताए । ‘यो हाम्रो पनि मुद्दा हो,’ उनले भने ।

सप्तरी, धनुषा, जनपुर, वीरगञ्जलगायत जिल्लाबाट पैदलै हिँडेर उनीहरु २५औं दिनमा काठमाडौं आइपुगेका हुन् । पैदल यात्राका क्रममा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका थिए ।

 

 

 

प्रकाशित : 24 May, 2024

प्रतिक्रिया दिनुहोस्