केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यादेशमा सहमति जुटाउन शीर्ष नेताहरूको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी छन् ।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेता भने सहभागी भएका छैनन् । शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो । नेपाली कांग्रेसले शुक्रबार बिहानको बैठकमा कार्यादेशका लागि नयाँ प्रस्ताव अघि सारेको थियो ।

कांग्रेसले ल्याएको प्रस्तावमा सहकारी ठगीमा छानबिन हुँदा गृहमन्त्री रवि लामिछाने तानिनुपर्ने तर नाम उल्लेख नगर्न कांग्रेस तयार देखिएको छ ।

पछिल्लो प्रस्तावमा गृहमन्त्री लामिछाने जोडिएका भनिएका सहकारीको नाम भने राख्नुपर्ने कांग्रेसको माग छ ।

 

प्रकाशित : 24 May, 2024

प्रतिक्रिया दिनुहोस्