केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिङ्गापुर एअरलाइन्समा टर्ब्युलेन्सका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, सिङ्गापुर एअरलाइन्सको उडानमा ,टर्ब्युलेन्स, अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ ।

थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । अस्पतालमा भर्ना हुनेमा एक जना दुई वर्षका बालक पनि रहेका छन् ।

विमानमा रहेका ४६ यात्रुसहित चालक दलका दुई सदस्यको अहिले पनि उपचार चलिरहेको खबरमा उल्लेख छ ।

गएको मङ्गलवार बेलायतको लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमानमा (टर्ब्युलेन्स) उत्पन्न हुँदा एक जना यात्रुको ज्यान गएको थियो भने केही व्यक्ति घाइते भएका थिए ।

( टर्ब्युलेन्स) का कारण त्यो विमान आकाशमा अकस्मात् निकै तल पुग्दा विमानभित्र यात्रु र सामानहरू उछिट्टिएका थिए । त्यसपछि विमानले बैंककमा आकस्मिक अवतरण गरेको थियो ।

 

प्रकाशित : 24 May, 2024

प्रतिक्रिया दिनुहोस्