केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्जु पन्त र नरेश रेग्मीको गीत ‘धर्ती र जुनको कहानी’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, अन्जु पन्त र नरेश रेग्मीको स्वरमा रहेको ‘धर्ती र जुनको कहानी’ गीत सार्वजनिक भएको छ। प्रवल विष्टले रचना गरेको सो गीतमा एसडी योगीको संगीत दिएका छन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। गीतको म्युजिक भिडियोमा केकी अधिकारी र गायक नरेश रेग्मी लगायतको अभिनय छ।

भिडियो छायाँकन हरि हुमागाईँले गरेका हुन्। गायक नरेश रेग्मी पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका छन्। अष्ट्रेलियाबाट नेपाल आएर उनले जन्मदिनको अवसरमा ‘धर्ती र जुनको कहानी’ गीत सार्वजनिक गरेका हुन्। रेग्मीको ‘म सास बन्न सकुँ’ बोलको गीत लोकप्रिय बनेको थियो।

प्रकाशित : 25 May, 2024

प्रतिक्रिया दिनुहोस्