केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुईको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो ।

तादी खोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये रोजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्